Skip to content
LAXMI SUNRISE BANK

चाइनाबाट तस्करी गरिएका २ करोड ६९ लाख बराबरको भेपसहित एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले २ करोड ६९ लाख बराबरको इलेक्ट्रोनिक चुरोट (भेप) सहित १ जनालाई पक्राउ गरेको छ । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाई छिपाई अवैध रुपमा ल्याउँदै गरेको सो भेपसहित प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ बस्ने राम कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । 

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सो भेपसहित श्रेष्ठलाई पक्राउ गरेको हो । 

उनको साथबाट २ करोड ६९ लाख मूल्य बराबरका ७ हजार ७ सय थान भेप बरामद गरिएको प्रहरीले जनाएको छ । भेपसहित भेप रहेको १५ लाख मूल्य पर्ने बोलेरो गाडी पनि प्रहरीले बरामद गरेको छ । 

बरामद गरिएको भेप र पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान त था कारवाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK