काठमाडौँ । एमाले कार्यकर्ता नै प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेको नेके इन्स्योरेन्स चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालयमा काम गर्नेगरी एक जना चार्टर्ड एकाउन्टेन्ट मागेको हो ।
कम्पनीका सिइओ अशोक कुमार खड्काले एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए ।
कम्पनीले माग गरेको चार्टर्ड एकाउन्टेन्ट पदका लागि मान्यता प्राप्त व्यवसायिक लेखा निकायबाट सिए उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, कम्पनीले व्यवस्थापन, वित्त, अर्थशास्त्र, जोखिम व्यवस्थापन तथा सम्बन्धित विषयमा स्नातकोत्तर (मास्टर्स) गरेकालाई विशेष प्राथमिकता दिइने पनि जनाएको छ ।
कम्पनीमा चार्टर्ड एकाउन्टेन्टका लागि आवेदन दिन इच्छुक व्यक्ति जोखिम मूल्यांकन, आन्तरिक नियन्त्रण, कर्पोरेट सुशासन र नियामकीय अनुपालनसम्बन्धी राम्रो ज्ञान भएको र विश्लेषणात्मक क्षमता भएको हुनुपर्नेछ ।
चार्टर्ड एकाउन्टेन्टसँगै कम्पनीले एक्चुरियल एनालिस्ट पनि माग गरेको छ । सो पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्तीमा तीनवटा एक्चुरियल व्यावसायिक परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने तथा नेपाली बीमा उद्योग वा एक्चुरियल परामर्श क्षेत्रमा न्यूनतम तीन महिनाको कार्यअनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
दुवै पदका लागि असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन https://neco.com.np/applicant मार्फत पठाउनुपर्नेछ भने आवेदनमा पासपोर्ट साइजको फोटो, अद्यावधिक बायोडाटा, शैक्षिक प्रमाणपत्र तथा ट्रान्सक्रिप्टको प्रतिलिपिसमेत पठाउनुपर्नेछ । यस्तो छ सूचना:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्