Skip to content
LAXMI SUNRISE BANK

बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाई, एउटा फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने !

अर्थ सरोकार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका सिइओको मनपरी तलब बढाउने प्रवृत्तिमा राष्ट्र बैंकले कडाई गरेको छ । सिइओको तलबसम्बन्धी नयाँ मार्गदर्शन जारी गर्दै राष्ट्र बैंकले सिइओको मनपरी तलब बढाउने प्रवृत्तिमा कडाई गरेको हो । 

मार्गदर्शनमार्फत राष्ट्र बैंकले सिइओको पारिश्रमिकलाई संस्थाको कुल सम्पत्ति र कर्मचारी खर्चसँग प्रत्यक्ष आबद्ध गरिदिएको छ । 

अर्कोतर्फ सिइओको तलब, भत्ता र सुविधा निर्धारणका लागि ‘तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समिति’ गठन गर्नुपर्नेछ । उक्त समिति स्वतन्त्र सञ्चालकको संयोजकत्वमा गठन गर्नुपर्नेछ । समितिमा अन्य दुई सञ्चालकसमित कुल ३ सदस्य रहनेछन् । 

सोही समितिले सिइओको योग्यता, अनुभव, संस्थाको पूँजीको प्रतिफल दर, व्यवसायको आकार र जुनियर असिस्टेन्टदेखि सिइओबीचको तलबको भिन्नताको समीक्षा गरेर सिइओको तलब, भत्ता तथा अन्य सुविधा निर्धारण गर्न सिफारिस गर्नेछ । सोही सिफारिसका आधारमा सिइओको पारिश्रमिक र सुविधा तय गर्नुपर्नेछ । 

त्यस्तै, राष्ट्र बैंकले सिइओहरुको कार्यसम्पादनमा आधारित पारिश्रमिकमा समेत बढीमा २० प्रतिशतको सीमा तोकेको छ । सम्झौता अनुसार कार्यसम्पादन गर्न नसकेमा यस्तो पारिश्रमिक पाइने छैन । 

यता राष्ट्र बैंकले सिइओलाई एउटा कार्यकालभरमा भौतिक सुविधाका रुपमा एउटा मोबाइल, एउटा ल्यापटप र एउटा गाडी मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । इन्टरनेट, टेलिफोन, पत्रपत्रिका र अन्य खर्चका लागि निश्चित वार्षिक तलबको बढीमा ०.५० प्रतिशत मात्र खर्च गर्न पाइनेछ । सो भन्दा बढी खर्च भए सिइओ आफैँले व्यहोर्नुपर्नेछ

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK