काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तराष्ट्रिय योग दिवसको अवसरमा २१ जुन २०२६ मा सातै प्रदेशमा योग कार्यक्रमहरुको आयोजना गरी सो दिवस मनाएको छ ।
बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योग मार्फत स्वास्थ्य अभिवृद्घि सम्बन्धि गतिविधिहरूमा सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रमले कर्मचारीहरूलाई क्रियाशील, आपसी सहकार्य र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, लगायत अन्य वरिष्ठ पदाधिकारीहरू तथा १५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
बैंकले यस किसिमको पहलबाट कर्मचारीहरुको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व बढाउन प्रोत्साहन गर्नुका साथै यसले सकारात्मक र जीवन्त कार्यस्थल संस्कृतिमा योगदान पुर्याउने विश्वास लिएको छ ।
नेपाल एसबिआई बैंक लि.ले विगत ३२ वर्ष देखि बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्