Skip to content
LAXMI SUNRISE BANK

सोमबार १.४६ अंकले घट्यो नेप्से परिसूचक, बजार २७००.६५ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५३ कम्पनीको ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोपान फर्मासयुटिकल्सको भएको छ । यस कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा टक्सार पिखुवा खोलाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, ८.५% नेपाल बैंक डिबेन्चर २०८७का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK