Skip to content
LAXMI SUNRISE BANK

बुधबार १४.४५ अंकले घट्यो नेप्से परिसूचक, बजार २६६०.०२ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सोपान फर्मासयुटिकल्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK