काठमाडौँ । नेपाल टेलिकमले बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसबाट सचेत रहन अनुरोध गरेको छ । कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले त्यसबाट सचेत रहन टेलिकमले आग्रह गरेको हो ।
नेपाल टेलिकमको एसएमएस सेवा दुरुपयोग गरी पठाइएका यस्ता एसएमएसमा खाता निलम्बन भएको, अस्थायी रुपमा बन्द भएको र अन्य समस्या देखिएको भन्दै सन्देश पठाइन्छ ।
यसरी ग्राहकलाई डर देखाएर सोही एसएमएसमार्फत पठाइएका शंकास्पद लिंक वा वेबसाइटमा प्रवेश गर्न प्रेरित गरिन्छ । जब ती लिंकमा क्लिक गरिन्छ वा वेबसाइटमा प्रवेश गरिन्छ, ह्याकरले प्रयोगकर्ताको फोनमा पहूँच पुर्याउँछ र बैंक तथा वालेटबाट पैसा चोरी गर्छ ।
त्यसैले नेपाल टेलिकमले ग्राहकलाई यस्ता एसएमएस, फोन तथा शंकास्पद लिंकप्रति सचेत रहन अनुरोध गरेको छ । कुनै पनि लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न समेत टेलिकमले अनुरोध गरेको छ ।
त्यस्तै, अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटिपि, पासवर्ड, पि-आइएन, सिभिभि लगायतका गोप्य विवरण कसैसँग पनि सेयर नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न समेत कम्पनीले सुझाव दिएको छ । शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन समेत अनुरोध गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्