Skip to content
LAXMI SUNRISE BANK

नेप्से परिसूचक ५.०६ अंकले घट्यो, बजारमा २७००.४७ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । यस कम्पनीको ३१ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा अपोलो हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, १० % प्रभु बैंक डेबेञ्चर २०८४ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK