काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५६ कम्पनीको ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, १०.२५% प्रभु बैंक डिबेन्चर २०८६का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्