Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जेठ १८ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र  अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK