काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस समझदारी पश्चात बैंकका ग्राहकहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् । समझदारी अनुसार उक्त लजहरुमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सकिनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त लजहरुसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष सहुलियत प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्