Skip to content
LAXMI SUNRISE BANK

पासपोर्ट खरिदमा घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित ५ जनालाई धरौटीमा छोड्न आदेश

अर्थ सरोकार

काठमाडौँ । विशेष अदालतले विद्युतीय राहदानी (पासपोर्ट) प्रकरणका पाँच जना आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले यस्तो आदेश दिएको अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले बताएका हुन् ।

उनका अनुसार विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग पाँच लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख रुपैयाँ, कर्मचारीहरू सोमेश थापा र विपिन प्रसाईंसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

ठेकेदार जर्मन कम्पनीका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको लामिछानेले बताए । आरोपीहरु तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश भएको लामिछानेको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK