काठमाडौँ । प्रहरीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ६ जना बिचौलियालाई पक्राउ गरेको छ । सेवा प्रवाहमा बाधा पुर्याएको र सेवाग्राहीलाई दुःख दिएको सूचनाका आधारमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका-५ बस्ने २७ वर्षीय रन्जीत महर्जन, गोकर्णेश्वर नगरपालिका-८ बस्ने २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारा बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरी नगरपालिका-५ बस्ने ४९ वर्षीय केदार श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका-१ बस्ने २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने २५ वर्षीय सविन तामाङ रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले सेवाग्राहीलाई अनावश्यक रुपमा दुःख दिने गरेका थिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सरकारी कार्यालयलाई बिचौलियामुक्त गराउने अभियानमा रहेको प्रहरीले विभिन्न सरकारी कार्यालयबाट बिचौलिया पक्राउ गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्