काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा प्रकाश सपुत नियुक्त भएका छन् । एक कार्यक्रमकाबीच आइएमई लिमिटेडले सपुतलाई आफ्नो सांगीतिक एम्बेस्डरका रुपमा सार्वजनिक गरेको हो ।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरुसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ । आफ्नो मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरुका कारण सपुत नेपाली समाजमा लोकप्रिय छन् । गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरुमाझ उनका गीतहरु निकै रुचाइएका छन् ।
रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका नेपालीहरुको भावनालाई प्रकाश सपुतले आफ्ना गीत संगितमार्फत बोल्दै आएका छन् । देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउने रेमिट्यान्सले खेलेको भूमिकालाई आम नागरिकसम्म बुझाउन सपुतको आगमनले थप मद्दत पूग्ने कम्पनीले विश्वास गरेको छ ।
सम्झौता कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले सपुतका सिर्जनाले समाजको यथार्थता बोल्ने र नेपालीको मन छुने भएकाले उक्त सहकार्यले आफूहरुको अभियानमा छुट्टै आफ्नोपन थप्ने बताएका छन् ।
उनले स्वदेश र विदेशको दूरीलाई कम गर्न संगित सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरुका लागि सारथीको काम गर्ने पनि उल्लेख गरेका छन् ।
त्यस्तै, गायक प्रकाश सपुतले आइएमईसँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । उनले विश्वभर छरिएका नेपाली नागरिकलाई संगितको माध्यमबाट आफ्नो माटोसँग जोडिराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्