Skip to content
LAXMI SUNRISE BANK

‘बजेटबारे अफवाह फैलाइयो, मलाई बदनाम गर्न खोजियो’

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा बजेटबारे आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । 

उनले बजेटबारे छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन् । 

‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ ।’, उनले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’

त्यस्तै, अर्थमन्त्री वाग्लेले अहिले सरकारले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन गरिरहेको र सोही वित्तीय अपराधमा संलग्नहरुबाट पोषितहरुले आफू र प्रधानमन्त्रीमाथि आक्रमण गरिरहेको पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK