Skip to content
LAXMI SUNRISE BANK

कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ता आन्दोलनमा, बचत फिर्ताको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरूले सोमबार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन् ।

लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाई नगरेको उनीहरूको गुनासो छ ।

प्रदर्शनका क्रममा उनीहरूले कर्णाली बैंक घोटालाका दोषीहरूलाई कारवाही गर, संस्थाहरूको बचत फिर्ता गर, र जनताको निक्षेप तुरुन्त फिर्ता गर, जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । बैंकमा भएको अनियमितताका कारण आफ्नो वचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK