काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरू (BFIs) का लागि लक्षित अत्याधुनिक सुरक्षा तथा निगरानी समाधानहरू प्रस्तुत गर्ने उद्देश्यले Hikvision Secure Banking Solutions Showcase आज काठमाडौंमा आयोजना हुँदैछ ।
Hikvision को आयोजनामा हुने उक्त कार्यक्रममा Etech International नेपालका लागि Banking Solutions Partner तथा Vatsal Impex नेपालका लागि Official Distribution Partner का रूपमा सहभागी रहनेछन् । कार्यक्रममा नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाका वरिष्ठ व्यवस्थापन, सूचना प्रविधि (IT) प्रमुख, सुरक्षा विज्ञ तथा सञ्चालन व्यवस्थापनसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बैंकिङ क्षेत्रका लागि आवश्यक Centralized Monitoring System (VMS), AI-powered Analytics, Command Center Solutions, Intrusion Alarm Systems, Device Health Monitoring तथा Real-Time Security Solutions लगायतका अत्याधुनिक प्रविधिहरूको प्रस्तुति गरिनेछ । साथै शाखा कार्यालय, ATM नेटवर्क, डेटा सेन्टर तथा केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्थापनलाई कसरी थप प्रभावकारी, केन्द्रीकृत र बुद्धिमान बनाउन सकिन्छ भन्ने विषयमा विशेष जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमबारे जानकारी दिँदै Etech International का Technical Director Kamal Paneru ले बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आधुनिक तथा AI-सक्षम सुरक्षा समाधानहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रमले बैंकिङ क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, केन्द्रीकृत तथा Real-Time Action-Oriented बनाउन सहयोग पुर्याउनेछ ।
‘बैंक तथा वित्तीय संस्थाहरूमा सुरक्षा घटनाको तत्काल पहिचान, विश्लेषण तथा प्रतिक्रिया दिन सक्ने प्रविधिको आवश्यकता दिनप्रतिदिन बढिरहेको छ । यस कार्यक्रममार्फत सहभागीहरूले आधुनिक सुरक्षा समाधानहरूको प्रत्यक्ष अनुभव प्राप्त गर्नुका साथै आफ्नो संस्थाको सुरक्षा रणनीति अझ सुदृढ बनाउन उपयोगी जानकारी प्राप्त गर्नेछन् ।’ उनले बताए ।
नेपालमा बैंकिङ, सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका लागि नवीनतम समाधानहरू उपलब्ध गराउँदै आएको Etech International ले बैंकिङ क्षेत्रको सुरक्षा सुदृढीकरणमा केन्द्रित विभिन्न समाधानहरू प्रवर्द्धन गर्दै आएको छ । आयोजकका अनुसार कार्यक्रमले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूलाई नवीन सुरक्षा प्रविधिबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने, उद्योगका विज्ञहरूसँग अनुभव आदानप्रदान गर्ने तथा भविष्यका सुरक्षा रणनीतिबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ ।
कार्यक्रम काठमाडौंस्थित Radisson Hotel Kathmandu मा आयोजना हुनेछ । आयोजकका अनुसार बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरणसँगै बढ्दो साइबर तथा भौतिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्न आधुनिक, एकीकृत तथा AI-सक्षम सुरक्षा समाधानहरूको प्रयोगबारे विशेष छलफलसमेत गरिनेछ । कार्यक्रमले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सुरक्षा प्रविधिको आधुनिकीकरण तथा केन्द्रीकृत निगरानी प्रणालीको प्रयोगलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्