Skip to content
LAXMI SUNRISE BANK

कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीद्वारा बैंक खाता खोल्न अस्वीकार, बैंकको टोली रित्तै फर्कियो !

अर्थ सरोकार

काठमाडौँ । कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीले बैंक खाता खोल्न अस्वीकार गरेका छन् । सरकारको तर्फबाट प्रभु बैंकको टोली खाता खोलाउन कीर्तिपुर पुगेपछि सुकुम्बासीहरुले खाता खोल्न अस्वीकार गरेका हुन् । 

सरकारले आफूहरुको दीर्घकालीन व्यवस्थापन गरेर स्थायी प्रबन्ध मिलाउनुपर्ने माग गर्दै उनीहरुले बैंक खाता खोल्न अस्वीकार गरेका छन् । 

उनीहरुले सरकारले घोषणा गरे अनुसारको २५ हजार र पछि १५ हजार उपलब्ध गराउने योजना अनुसारको रकम लिन अस्वीकार गरेका छन् । 

उनीहरुले सरकारले जालझेल गरेर यतिमै झारा टार्न खोजेको भन्दै खाता खोल्न नमानेको महानगर प्रहरीका एक अधिकारीले पुष्टि गरेका छन् । सुकुम्बासीहरुले बैंक खाता खोल्न नमानेपछि खाता खोल्न भन्दै होल्डिङ सेन्टर पुगेको बैंकको टोली रित्तै फर्किएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK