Skip to content
LAXMI SUNRISE BANK

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । वैकल्पिक व्यवस्था नगरी आफूहरुलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् । राज्यबाट जबरजस्ती विस्थापन गरिएको भन्दै विभिन्न कम्युनिस्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्ती हटाएको आरोप लगाएका छन् । उनीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि दमन गरिएको भन्दै तत्काल निष्कासन प्रक्रिया रोक्न र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरूद्ध नाराबाजी पनि गरेका थिए । सुकुम्बासीहरूको आवासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक बसोबासको व्यवस्था नगरी कुनै पनि बस्ती हटाउन नहुने तथा भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग उनीहरुका छन् । विकल्प नदिई हटाइए पुरानै ठाउँमा फर्किने उनीहरुको चेतावनी छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न असार १९ गतेसम्मको समय दिएको छ । गत वैशाखमा काठमाडौं उपत्यकाका नदीकिनारका बस्ती हटाइएपछि त्यहाँका बासिन्दालाई होल्डिङ सेन्टरमा राखिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK