Skip to content
LAXMI SUNRISE BANK

कक्षा १२ को ‘रिजल्ट’प्रति विद्यार्थीको असन्तुष्टि, माइतीघरमा बसे धर्ना, उत्तरपुस्तिका पुनः परीक्षण गर्न माग (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । कक्षा १२ को ‘रिजल्ट’प्रति विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षाफलको विश्वसनीयतामाथि प्रश्न उठाउँदै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

बिहीबार विद्यार्थीहरुले काठमाडौँको माइतीघरमा धर्ना दिएका छन् । परीक्षा राम्रो दिए पनि अपेक्षा गरेको भन्दा कम ‘ग्रेड’ आएको विद्यार्थीहरुको गुनासो छ । 

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले कक्षा १२ को उत्तरपुस्तिाका पुनः परीक्षण गर्न माग गरेका छन् । छिटो परीक्षाफल निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरेको विद्यार्थीहरुको आरोप छ । 

उनीहरुले कुन मापदण्डको आधारमा एक महिनामै नतिजा सार्वजनिक भयो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । त्यस्तै, पुनः उत्तरपुस्तिका परीक्षण गर्दा निःशुल्क हुनुपर्ने पनि विद्यार्थीहरुको माग छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK