Skip to content
LAXMI SUNRISE BANK

वायुसेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको आदेश

अर्थ सरोकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट प्रक्रिया रोक्न आदेश दिएको छ । 

उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति छनोट प्रक्रिया तत्काल अघि नबढाउन आदेश दिएको हो । 

यसो त सरकारले आवेदन माग गरेर प्रतिस्पर्धाबाट निगमका सदस्य र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो । तर, प्रतिस्पर्धाबाट समिति छनोट गर्दा आफू अन्यायपूर्वक बाहिरिएको भन्दै कार्कीले रिट दायर गरेका थिए । 

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमको छनोट समितिको नाममा आदेश दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK