काठमाडौँ । रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारी जिम्मेवारी मुक्त भएका छन् । ईभी गाडीको शंकास्पद भन्सार जाँचपास भएको प्रकरणमा अर्थ मन्त्रालयले भन्सारका प्रमुख अधिकृतसहित ९ जनालाई जिम्मेवारीमुक्त गरेको हो ।
रसुवागढी भन्सार कार्यालयबाट जिम्मेवारीमुक्त गरिएका उनीहरुलाई अर्थ मन्त्रालयले विभागमा तानेको छ ।
बजेटअघि नै करका दर हेरफेर हुने सूचना चुहिँदा नाकामा नआउँदै बिवाईडीसहित सयौँ ईभी गाडीको भन्सार जाँचपास गराएको भन्ने उजुरीका आधारमा हाल भन्सार विभागले अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानका लागि छानविन समितिसमेत गठन गरिएको छ । सोही छानविन समितिको सिफारिसका आधारमा जेठ २० गते नै रसुवागढी भन्सारका कर्मचारीहरुलाई जिम्मेवारीमुक्त गरिएको अर्थमन्त्रीका स्वकीय उपसचिव नवीन ढुंगानाले जानकारी दिएका छन् ।
केही दिनअघि मात्र भन्सार छलीको आशंकामा सशस्त्र प्रहरीले बिवाईडीका ईभी गाडीसहित ७ सय ७४ गाडीहरु नियन्त्रणमा लिएको थियो । हाल उक्त विषयमा अनुसन्धान भइरहेको भन्सार विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्