काठमाडौँ । कैलालीमा भीरबाट टेम्पो गुल्टाइएको प्रकरणमा वन कर्मचारीले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएका छन् । छानविन समितिको काम नसकिँदै वन कर्मचारीले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो ।
पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सर्तमा विवाद सल्टाइएको घटनाको छानविन गर्न गठन गरिएको छानविन समितिका संयोजक डा. हेमराज विष्टले बताएका छन् ।
विष्टका अनुसार डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले आपसमा संकलन गरेर ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने र पीडितले वन कर्मचारीविरुद्ध दिएको जाहेरी फिर्ता लिने सहमति भएको छ ।
गत जेठ २९ गते डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा कैलालीको गोदावरी नगरपालिका-५ भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट गुल्टाइदिएका थिए । त्यसपछि धामीले वन कर्मचारीविरुद्ध जाहेरी दिएकी थिइन् ।
भीरबाट टेम्पो गुल्टाइएको भिडियो भाइरल भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिको छानविन नसकिँदै वन कर्मचारी र पीडितबीच भने सहमति भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्