काठमाडौँ । अमेरिका र इरानबीच युद्धविरामका लागि प्रारम्भिक सहमति भएको छ । आइतबार दुई देशबीच युद्धविरामका लागि प्रारम्भिक सहमति भएको हो ।
प्रारम्भिक सहमति अनुसार अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउनेछ भने स्ट्रेट अफ होर्मुज खुला गरिनेछ । यद्यपि इरानको परमाणु कार्यक्रमका विषयमा भने दुई देशबीच टुंगो लाग्न बाँकी छ । सो पनि आगामी वार्तामार्फत टुंगो लाग्ने दाबी गरिएको छ ।
युद्धविरामका लागि भएको प्रारम्भिक सहमतिबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत ट्रुथ सोसलमार्फत जानकारी दिएका छन् । उक्त सहमतिपत्रमा आगामी शुक्रबार स्विट्जरल्याण्डमा औपचारिक रुपमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यता युद्धविरामको सहमतिपछि स्ट्रेट अफ होर्मुज खुल्ने भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ ।
विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.५८ डलर अर्थात ४.१० प्रतिशतले घटेर ८३.७५ डलरमा झरेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि प्रतिब्यारेल ४.०१ डलर अर्थात ४.७२ प्रतिशतले घटेर ८०.८७ डलर कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्