Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीको दाबी- ‘५० लाखमुनिका इभी गाडीको मूल्य घट्छ’

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडी (इभी)को मूल्य घट्ने बताएका छन् । काठमाडौँमा आयोजित ‘पोष्ट बजेट’ छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले ५० लाख भन्दा मुनिका सवारीको मूल्य घट्ने र सडक निर्माण दस्तुर आधा गरिने बताएका हुन् ।

उनले विलासी इभीको हकमा भने विदेशी विनिमय सञ्चितिको सन्तुलन मिलाउन र प्रगतिशील करको सिद्धान्त अनुसार कर निर्धारण गरिएको पनि प्रस्ट पारेका छन् । 

बजेटले सामाजिक न्यायका लागि २५ दुर्गम जिल्ला र देशभरका करिव ३ लाख १७ हजार दलित बालबालिकालाई मासिक १ हजार रुपैयाँ पोषण भत्ताको व्यवस्था गरेको पनि अर्थमन्त्री वाग्लेले बताएका छन् ।

उनले पुँजी बजारको हकमा लगानीकर्ताको मागअनुसार करको दरमा स्पष्टता ल्याइएकाले र अब अन्योल समाप्त भएको बताउँदै असल नियत र क्षमताका साथ अर्थतन्त्रको जग बलियो बनाउने संकल्पका साथ सरकार अघि बढेको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK