Skip to content
LAXMI SUNRISE BANK

बुधबार ह्वात्तै घटेको सुनको भाउ बिहीबार थप घट्यो, अझै घट्ने सम्भावना !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार १ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार १ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ९० रुपैयाँले घटेर प्रतितोला ४६५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४५ हजार ८ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९८६.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK