Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ सरोकार

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने जेठ २७ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र प्रभावित क्षेत्रका स्थानीयलाई सेयर बाँडफाँडपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । 

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७ सय कित्ता सेयर निष्कास गरेको छ । सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । आईपीओ निष्कासनको लागि कम्पनीलाई केयर रेटिङ्गस् नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK