Skip to content
LAXMI SUNRISE BANK

चिट काटेरै ट्राफिक प्रहरीद्वारा १ दिनमै २२ लाख ७६ हजार राजस्व संकलन

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १ सय २८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ८३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय २३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १ सय ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४ सय ८७ जनालाई कारबाही गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK