Skip to content
LAXMI SUNRISE BANK

इरानमाथि कडा प्रहार गर्ने ट्रम्पको चेतावनीः तेल र ग्यास पूर्वाधार कब्जा गर्ने दाबी !

अर्थ सरोकार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा प्रहार गर्ने चेतावनी दिएका छन् । युद्ध झन् चर्किएपछि र आक्रमणको शिलशिला नरोकिएपछि ट्रम्पले इरानमाथि कडा प्रहार गर्ने चेतावनी दिएका हुन् । 

उनले इरानमाथि कडा प्रहार गर्ने चेतावनी मात्र दिएनन्, बरु इरानका तेल र ग्यास पूर्वाधारहरु आफ्नो नियन्त्रणमा लिने पनि दाबी गरेका छन् । 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, ‘धेरै टाढा नभएको भविष्यको कुनै बिन्दुमा, हामी खार्ग टापु र अन्य तेल पूर्वाधारका क्षेत्रहरू कब्जा गर्नेछौँ र भेनेजुएलामा गरे जस्तै उनीहरूको तेल र ग्यास बजारमा पूर्ण नियन्त्रण कायम गर्नेछौँ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK