Skip to content
LAXMI SUNRISE BANK

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी !

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमाले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबारे तयार पारेको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा रहेको जनाएको हो । 

एमालेले आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमुलक रहेको निष्कर्ष निकालेको छ । 

यद्यपि एमालेले अदालत जानुअघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने जनाएको छ । तर, आयोगले प्रतिवेदन पुनरावलोकन नगरे सो प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी छ ।

त्यस्तै, आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई कानून बनाएर भए पनि कारवाही गर्नु भनेपछि आयोगले संसदलाई कस्तो कानून बनाउने वा सरकारलाई कुन प्रकारको दण्डात्मक कानून निर्माण गर्न निर्देशन दिने कार्य आयोगको क्षेत्राधिकारभित्र नपर्ने भन्दै आयोगको क्षेत्राधिकारमाथि पनि प्रश्न उठाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK