Skip to content
LAXMI SUNRISE BANK

बजेट संशोधन नभए सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिने !

अर्थ सरोकार

काठमाडौँ । बजेट संशोधन नभए सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेले घोषणा गरेको छ । आइतबार बसेको एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारको बजेट संशोधन नभए सरकार छोड्ने घोषणा गरेको हो । 

प्रदेश सरकारले संयुक्त सरकारको सहमति, नीति तथा कार्यक्रम अनुरुप नभएर एकलौटी रुपमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजन गरेको एमालेको निष्कर्ष छ ।

एमालेले विपन्न क्षेत्रका नागरिकका लागि बजेटमा पर्याप्त व्यवस्था नगरिएको भन्दै उक्त क्षेत्रका लागि थप कार्यक्रम र बजेटको माग गरेको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सुदूरपश्चिमले बजेटमा आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने निर्णय नै गरेको छ ।

त्यस्तै, एमालेले संघीय सरकारको बजेटमा पनि असन्तुष्टि जनाएको छ । साथै एमालेले सीमाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK