काठमाडौँ । भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज रु. १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ । यस अफरअन्तर्गत रु. २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल एक हजार रुपैयाँ डिपोजिट मात्र लाग्नेछ । यो प्याकेज छिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकहरूका लागि उपयुक्त छ ।
ग्राहकहरूले यस प्याकेजसँगै भायाटिभी मात्र रु. २५० प्रति महिना, करसहित मा थप गर्न सक्नेछन् । भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिज लगायतका मनोरञ्जन सुविधा उपलब्ध छन् । साथै, वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट-टप-बक्सका लागि रु. २,२६० पर्ने सक्रिय शुल्क नलाग्ने सुविधा पाउनेछन्। सेट-टप-बक्सका लागि केवल एक हजार डिपोजिट मात्र लाग्नेछ ।
ग्राहकहरूलाई थप फाइदा दिन भायानेटले डामी एप सँग पनि सहकार्य गरेको छ । यस अफरअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले रु. १,५०० बराबरको १ वर्षको डामी एप सदस्यता निःशुल्क पाउन सक्नेछन् । डामी एपमार्फत ग्राहकहरूले रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसल लगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउन सक्नेछन् । यो सुविधा हाल काठमाडौं, पोखरा र चितवन का ग्राहकहरूका लागि मात्र लागू हुनेछ ।
भायानेटको उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटिभीको मनोरञ्जन सुविधा र डामी एपको बचत सुविधासँगै ग्राहकहरूले घरमै राम्रो मनोरञ्जन र बाहिर किनमेल तथा सेवामा थप बचतको लाभ लिन सक्नेछन् । भायानेटको यस सिजनको सन्देश हो । ‘अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै ।’
यसैबीच, भायाटिभी ग्राहकहरूले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन् ।
फुटबल विश्वकप २०२६ को नेपालमा प्रसारण गर्ने अधिकार हिमालय टिभी सँग रहेको छ । हिमालय टिभीले तोकेको दरअनुसार ग्राहकहरूले रु. ९९९ प्रति टिभी मा कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानल मा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् ।
ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस लगायतका अनलाइन भुक्तानी एपमा ‘भायानेट’ खोजेर आफ्नो भायानेट ग्राहक आईडी राखी कुपन खरिद गर्न सक्नेछन् । साथै, भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोल्दा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिनेछ ।
भुक्तानी पूरा भएपछि ग्राहकहरूले भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोली, खरिद गरिएको कुपन छानेर च्यानल सक्रिय गर्न सक्नेछन् ।
नोटस् एउटा कुपन एउटा टिभीमा मात्र प्रयोग गर्न सकिनेछ। एकपटक कुनै टिभीमा सक्रिय गरिसकेपछि उक्त कुपन अर्को टिभीमा सार्न मिल्नेछैन । ग्राहकहरूले नजिकको भायानेट आउटलेटमा गएर पनि कुपन खरिद गर्न सक्नेछन् ।
थप जानकारीका लागि ग्राहकहरूले भायानेटको ग्राहक सेवा नम्बर ०१(५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको भायानेट कार्यालयमा जान सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्