Skip to content
LAXMI SUNRISE BANK

बजेटबारे उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ भन्छन्- ‘विद्युत, शिक्षा र स्वास्थ्यमा लगाइएको कर पुनर्विचार गर्नुपर्छ’

अर्थ सरोकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु आर्थिक वर्षको बजेट महत्वकांक्षी रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षको बजेट स्रोत व्यवस्थापनको चुनौतिसहित आएको पनि उल्लेख गरेका छन् ।

बजेटमा व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याइनु सकारात्मक भएको पनि उपाध्यक्ष श्रेष्ठले बताएका छन् । अर्कोतर्फ स्युचारटारमा मुलुककै पहिलो ‘एआई कम्प्युटर सेन्टर’ निर्माण गर्ने योजना पनि स्वागतयोग्य भएको श्रेष्ठको भनाई छ । 

उनले सुरुवाती चरणमा अनुदान, सहुलियतपूर्ण कर्जा तथा निजी क्षेत्रलाई सह-लगानीमा जोड्दै स्टार्टअपलाई अगाडि बढाउने योजना महत्वपूर्ण रहेको पनि बताएका छन् । 

त्यस्तै, ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ताका लागि ५ प्रतिशत कर र शिक्षा तथा स्वास्थ्यमा लगाइएको करमा पुनर्विचार गरिनुपर्ने श्रेष्ठले बताएका छन् । यसमा सरकारले स्पष्ट हुनुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्र र उपभोक्तामाथि भार पर्ने हुँदा यसलाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

यता विद्युतीय सवारीसाधनतर्फको कर बढाउँदा इभी गाडीको प्रयोग घट्न सक्नेतर्फ श्रेष्ठले चिन्ता व्यक्त गरेका छन् । स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्ने उनको भनाई छ । उनले उनले विगतमा बजेट र योजना राम्रो भएपनि कार्यान्वयनमा ढिलाइ हुँदा अपेक्षित सफलता हासिल गर्न नसकेको बताउँदै अहिले पनि राम्रा योजनालाई तत्कालै कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK