काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी ड्युटी छोडेका ११ जना कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रहरीले बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले जारी गरेको सूचना अनुसार लामो समयदेखि ड्युटीमा नआएका उनीहरु खोजतलास गर्दा र सूचना टाँस गर्दासमेत सम्पर्कमा आएका थिएनन् ।
७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिँदै प्रहरीले सो अवधिभित्र सम्पर्कमा नआए ‘प्रहरी नियमावली २०७१’को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाटै बर्खास्त गर्ने चेतावनीसमेत दिइएको छ ।
सम्पर्कविहीन हुनेमा २ जना प्रहरी सहायक निरीक्षक तीर्थबहादुर बुढा र दुर्गाराज मल्ल छन् । त्यस्तै, प्रहरी जवान नागेश्वर यादव, सुबोधप्रसाद पटेल, भरतपुर विमानस्थल सुरक्षा गार्डका जवान देवकृष्ण राउत, जयन्ती थापामगर, सञ्जय परियार, गीता मेदासी, राजकुमार रावत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका जवान ध्रुवराज पाध्या र कारागार सुरक्षा गार्ड लमजुङका प्रहरी कार्यालय सहयोगी सुरेश कुमाल छन् । यस्तो छ सम्पर्कविहीन प्रहरी कर्मचारीको विवरणः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्