Skip to content
LAXMI SUNRISE BANK

हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी अमात्यलाई

अर्थ सरोकार

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिनेशबहादुर अमात्यलाई दिइएको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनी हालै आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदबाट राजीनामा दिएर हिमालयन लाइफमा डीसीईओका रूपमा आबद्ध भएका थिए ।

कम्पनीमा प्रवेश गरेको छोटो समयमै उनलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK