काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन माग गरिएको छ । एक सूचना जारी गर्दै अर्थ मन्त्रालयले नेप्सेको सिइओका लागि आवेदन माग गरेको हो ।
अर्थ मन्त्रालयले नेप्सेको सिइओ नियुक्तिका लागि गठन सिफारिस समितिले साउन १२ गते (मंगलबार) गोरखापत्रमा सूचना जारी गरेको छ ।
नेप्सेको सिइओ पदका लागि आवेदन दिने समय १५ दिन तोकिएको छ । नेप्सेको सिइओका लागि इच्छुक र योग्य व्यक्तिले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ ।
आवेदन दिने व्यक्ति मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा कम्तीमा स्नातकोत्तर हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । उमेर हद ३५ वर्ष पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै, उम्मेदवारसँग पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । त्यसमा पनि कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्