काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध ४ वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना तोकेको छ । उनीहरुलाई सरकारी लिखत किर्ते कसुर, ठगी र सङ्गठितमा सो सजाय तोकिएको हो ।
सोही मुद्दामा सरकारी लिखत किर्ते कसुर, ठगी र सङ्गठित अपराधमा टेकनाथ रिजलालाई २ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । त्यस्तै, केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायाण पाण्डेलाई ४ वर्ष कैद तथा ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्