काठमाडौँ । पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौँमा नयाँ प्रिमियम स्टुडियो सञ्चालनमा ल्याउँदै राष्ट्रिय विस्तारको नयाँ चरण सुरु गरेको छ । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियोको औपचारिक सञ्चालन सुरु गरेको घोषणा गरेको हो ।
नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको यो विस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनतालाई प्रवद्र्धन गर्ने दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ ।
काठमाडौंमा नयाँ स्टुडियो सञ्चालनसँगै बेलो ब्लसले पोखराको लेकसाइड र न्युरोडस्थित आफ्ना सफल स्टुडियोहरूको यात्रालाई राष्ट्रिय स्तरमा विस्तार गरेको छ । स्थापनाकालदेखि नै कम्पनीले प्रिमियम नेल आर्ट, लक्जरी म्यानिक्योर तथा पेडिक्योर, अत्याधुनिक ल्यास एक्सटेन्सन, नेल केयर सेवा तथा अन्तर्राष्ट्रिय सरसफाइ मापदण्डअनुसार उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्दै हजारौं ग्राहकको विश्वास जित्न सफल भएको छ ।
काठमाडौंस्थित नयाँ स्टुडियोलाई आधुनिक डिजाइन, व्यक्तिगत सेवा, अन्तर्राष्ट्रिय प्रविधि तथा उच्च गुणस्तरका उत्पादनमार्फत प्रिमियम सौन्दर्य अनुभव प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। दक्ष तथा प्रशिक्षित ब्यूटी प्रोफेशनलद्वारा प्रदान गरिने सेवाले ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ ।
सौन्दर्य शिक्षामा निरन्तर लगानी
बेलो ब्लस स्टुडियोले व्यावसायिक सौन्दर्य सेवासँगै बेलो ब्लस एकेडेमीमार्फत सौन्दर्य शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै आएको छ ।पोखरास्थित एकेडेमीमा नेल टेक्नोलोजी, ल्यास आर्टिस्ट्री तथा व्यावसायिक सौन्दर्य सेवासम्बन्धी व्यवहारिक तथा उद्योगमुखी तालिम प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गरिँदै आएको छ ।
यस सफलतालाई निरन्तरता दिँदै कम्पनीले निकट भविष्यमा काठमाडौंमा पनि बेलो ब्लस एकेडेमी सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । यसबाट व्यावसायिक सीप विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा विशेषगरी महिलाहरूलाई आत्मनिर्भर बन्न थप अवसर उपलब्ध हुने कम्पनीको विश्वास छ ।
स्टार्टअपदेखि राष्ट्रिय ब्रान्डसम्मको यात्रा
सन् २०२१ मा संस्थापक प्रिया गुरुङले आफ्नै घरको एउटा सानो कोठाबाट सुरु गरेको बेलो ब्लस स्टुडियो आज नेपालको आशाजनक प्रिमियम ब्यूटी ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ ।
सानो सुरुवातबाट अघि बढेको यो यात्रा आज पोखरामा सफल स्टुडियो सञ्चालन, बेलो ब्लस एकेडेमीको स्थापना तथा काठमाडौंमा नयाँ शाखा विस्तारसम्म आइपुगेको छ । गुणस्तरीय सेवा, निरन्तर सिकाइ, नवीन सोच र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै कम्पनीले आफूलाई केवल ब्यूटी स्टुडियोमा सीमित नराखी दक्ष जनशक्ति उत्पादन गर्ने प्लेटफर्मका रूपमा समेत विकास गरेको छ ।
बेलो ब्लस स्टुडियो एन्ड एकेडेमीकी संस्थापक तथा निर्देशक प्रिया गुरुङले भनिन्, ‘सन् २०२१ मा आफ्नै बेडरुमबाट बेलो ब्लस सुरु गर्दा यो यात्राले यति ठूलो रूप लिन्छ भन्ने मैले कल्पनासमेत गरेकी थिइनँ। आजको प्रत्येक उपलब्धि हाम्रा ग्राहकहरूको विश्वास, हाम्रो टिमको समर्पण र पोखरावासी समुदायको निरन्तर साथका कारण सम्भव भएको हो ।’
‘काठमाडौंमा हाम्रो पहिलो स्टुडियो सञ्चालन हुनु केवल व्यवसाय विस्तार मात्र होइन, नेपालमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सेवा उपलब्ध गराउने हाम्रो सपनाको अर्को महत्वपूर्ण उपलब्धि हो। आगामी दिनमा पनि उत्कृष्ट सेवा, नवीनता, अन्तर्राष्ट्रिय मापदण्ड तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै नेपालको सबैभन्दा विश्वासिलो प्रिमियम ब्यूटी ब्रान्ड बन्ने हाम्रो लक्ष्य रहनेछ ।’ प्रियाले भनिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्