Skip to content
LAXMI SUNRISE BANK

विष्णु पौडेल साधारण तारेखमा रिहा

अर्थ सरोकार

काठमाडौँ । एमाले नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल साधारण तारेखमा रिहा भएका छन् । अदालतको आदेश अनुसार पौडेल रिहा भएका हुन् । 

विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । 

आदेशमा तीन वटा आधार देखाउँदै अदालतले पौडेललाई थुनामा राखेर वा धरौटीमा मागेर मुद्दा अगाडि बढाउन आवश्यक नरहेको निर्क्योल निकालेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK