काठमाडौँ । सशस्त्र प्रहरीले लाखौँ मूल्य बराबरको काजु बरामद गरेको छ । प्रहरीले धनुषामा अवैध रुपमा भित्र्याइएको १० लाख ८० हजार बढीका काजु बरामद गरेको हो ।
ट्रकमा लोड गरेर ल्याइँदै गरेको अवस्थामा प्रहरीले ३६ वटा बोरामा रहेको १ हजार ८० किलो काजु र ४ सय २० बोरा चिनी बरामद गरिएको भन्सार कार्यालय जनकपुरधामका प्रमुख मानबहादुर पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार बरामद गरिएको काजुको मूल्य १० लाख ८० हजार रहेको छ । बरामद गरिएका काजु र चिनीको बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको पौडेलले बताएका छन् ।
चिनी र काजुसहित प्रहरीले बा. प्र.०६–००१ ख–०३६४ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । ट्रक सहित नियन्त्रणमा लिइएको सामानको मूल्य ४५ लाख ८० हजार रुपैयाँ कायम गरिएको हो । सामान बरामद गरेर ट्रक चालकलाई समेत नियन्त्रणमा लिइएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको भन्सार कार्यालय जनकपुरधामले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्