काठमाडौँ। सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ बसन्त पार गरेर २०औँ वर्षमा प्रबेश गरेको छ । २०औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान जीवनदान-हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो । साथै २०औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले बर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको थियो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्