काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)ले आर्थिक वर्ष २०८२/८३ मा करिब ४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ । संस्थानले गत वर्ष दूधको अत्यधिक उत्पादनका कारण बटर र दूध पाउडरको ठूलो मौज्दात हुँदा किसानलाई समयमै भुक्तानी गर्न नसकिएको स्वीकार गर्दै अहिले बक्यौता भुक्तानीको अवधि ६/७ महिनाबाट घटेर दुईतीन महिनामा सीमित भएको जनाएको छ ।
डीडीसीका प्रवक्ता निलकण्ठ गौतमले गत वर्ष फ्लस सिजनमा अपेक्षाभन्दा धेरै दूध संकलन हुँदा त्यसलाई पाउडर र बटरमा रूपान्तरण गरी भण्डारण गर्नुपरेकाले नगद प्रवाहमा समस्या आएको बताए । उनका अनुसार ती उत्पादन बजारमा बिक्री हुन समय लागेकाले किसानको भुक्तानीमा ढिलाइ भएको हो ।
‘कोही पनि किसानको दूध खेर जान नदिने नीति लिएका छौँ । त्यसैले बढी उत्पादन भएको समयमा दूधलाई पाउडर र बटर बनाएर स्टोरमा राख्नुपर्छ ।’, उनले भने, ‘त्यो उत्पादन कम्तीमा छ महिना बिक्री हुन नसक्दा नगद प्रवाहमा असर पुग्छ र किसानलाई भुक्तानी ढिलो हुने अवस्था सिर्जना हुन्छ ।’
प्रवक्ता गौतमका अनुसार अहिले स्टक क्रमशः बिक्री भइरहेकाले किसानको बक्यौता भुक्तानी सहज बन्दै गएको छ । ‘पहिला ६/७ महिनासम्मको भुक्तानी बाँकी थियो । अहिले त्यो अवस्था सुधार भएर २/३ महिनाको रेन्जमा आएको छ ।’, उनले भने ।

नयाँ सरकारको चासोपछि बिक्रीमा सुधार
प्रवक्ता गौतमले नयाँ सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धनमा देखाएको चासोका कारण डीडीसीका उत्पादनको बिक्रीमा सकारात्मक प्रभाव परेको बताएका छन् ।
उनले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि संस्थानले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको उल्लेख गर्दै नयाँ सरकार गठनपछि सरकारले डीडीसीका उत्पादनप्रति देखाएको चासोले बिक्री बढाउन सकारात्मक भूमिका खेलेको बताए ।
‘नयाँ सरकार गठन भइसकेपछि दुग्ध विकास संस्थानलाई केही सहयोग पुगेको छ । हाम्रो उत्पादनबारेसरकारले चासो देखाएकाले गर्नुपर्ने प्रचारप्रसार सरकारकै तर्फबाट भएको जस्तो भएको छ ।’, उनले भने, ‘त्यसका कारण दुग्धजन्य पदार्थको बिक्री केही मात्रामा बढिरहेको अवस्था छ ।’ यद्यपि, दुग्धजन्य पदार्थको बिक्री वर्षभरि एकनास नहुने उनको भनाइ छ । बिक्री उपभोक्ताको माग र मौसमअनुसार परिवर्तन हुने उनले बताए ।
उनका अनुसार चाडपर्व, विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्यक्रम हुने समयमा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने गर्छ । गर्मी, चाडपर्व, विवाह, व्रतबन्ध तथा धार्मिक गतिविधि हुने समयमा दही, लस्सी, मोही, आइसक्रिमलगायतका उत्पादनको माग उल्लेखनीय रूपमा बढ्ने गरेको उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्