काठमाडौँ । पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा १९ वटा वडाका ५५० गोरुलाई रु १० हजारका दरले ५५ लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो ।
किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।
गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ । महानगरले सबैभन्दा बढी वडा नं २१ का ८४, वडा नं १६ का ८४, वडा नं २४ का ६२, वडा नं २३ का ५१, वडा नं २० का ४८, वडा नं २२ का २८ जना किसानलाई अनुदान दिएको छ ।
त्यस्तै, महानगरले वडा नं १८ का ३१, वडा नं २८ का ३२, वडा नं ३१ का ३८, वडा नं ३३ का २९, वडा नं. १३ का १२, वडा नं १९ का आठ, वडा नं २७ का छ, वडा नं २६ का पाँच, वडा नं २५ का तीन, वडा नं ३२ का ११ र वडा नं ६ मा दुई÷दुई र वडा नं १५ एक गोरू पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्