काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री ट्राफिक कारवाहीमा परेका छन् । सवारी नियम उल्लंघन गर्दै सवारीसाधन चलाएपछि ट्राफिक प्रहरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई कारवाही गरेको हो ।
कारवाहीस्वरुप शाहलाई पाँच सय रुपैयाँ जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शाहले बिना हेलमेट बुलेट बाइक कुदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोका आधारमा शाहलाई ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितको टोलीले शाहकै निवासमा पुगेर चिट काटेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्