Skip to content
LAXMI SUNRISE BANK

विदेशी भूमिमा गुञ्जिँदै सुदूरपश्चिमेली देउडा, ‘देउडाको लयमा नेपाली एकता’को सन्देश

अर्थ सरोकार

स्कटल्यान्ड । स्कटल्यान्डस्थित सुदूरपश्चिमेली देउडा समूहले ‘नेपाली मेला स्कटल्यान्ड २०२६’मा भाग लिने भएको छ । स्कटल्याण्डको राजधानी एडिनबर्गमा आगामी जुलाई १६ मा हुने मेलामा सुदूरपश्चिमेली देउडा समूहले सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान देउडा प्रस्तुत गर्न लागेको हो ।

एनआरएनए स्कटल्यान्ड, एनआरएनए यूके र नेपाली दूतावासको आयोजनामा हुन लागेको उक्त मेलामा सुदूरपश्चिमेली देउडा समूहले ‘देउडाको लयमा नेपाली एकता’ भन्ने मूल नारासहित विशेष देउडा प्रस्तुति दिने भएको हो । समूहले देउडालाई सुदूरपश्चिममै सीमित नराखी सम्पूर्ण नेपालीको साझा सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्ने उद्देश्य लिएको जनाएको छ ।

समूहका अनुसार विदेशी भूमिमा आयोजना हुने यस प्रस्तुतिमार्फत सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनुका साथै विश्वभर रहेका नेपाली र विदेशी समुदायलाई नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरिनेछ । देउडा कुनै एक प्रदेश वा समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा सांस्कृतिक सम्पदा भएको सन्देश प्रवाह गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको समूहले जनाएको छ ।

देउडा प्रस्तुतिमार्फत देश तथा विदेशमा रहेका नेपालीबीच आपसी एकता, सद्भाव र समावेशिताको भावना थप मजबुत हुने विश्वास लिइएको छ । यसले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउँदै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK