काठमाडौँ । अर्थमन्त्रीको सचिवालयमा कार्यरत नवीन ढुंगानाले सरकार कम बोल्ने र धेरै काम गर्ने भन्दै सेयर लगानीकर्ताहरुलाई अफवाहको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार बिहानै एक सन्देश मार्फत ढुंगानाले यस्तो बताएका हुन् ।
सामाजिक संजालमा उनले लेखेका छनः
सेयर बजारका लगानीकर्ताहरू…
सरकार बनेयता सेयर बजार नकारात्मक हुनुलाई लिएर तपाईंहरू दुःखी भएको र त्यसको आक्रोश विभिन्न रूपमा देखा परेको विषयमा जानकार छौँ ।
सम्पत्तिको आकार घटेको अङ्कमा देखिनु र अझै घट्दै छ भनेर हल्ला मच्चाइदिँदा तपाईंहरूमा आक्रोश पैदा हुनु स्वाभाविक पनि हो। सबै खाले प्रतिक्रियाका लागि धन्यवाद छ ।
सेयर बजार अर्थतन्त्रको एउटा महत्त्वपूर्ण अङ्ग हो ।
अर्थतन्त्रका सूचकहरू केही राम्रा र केही तीव्र सुधारोन्मुख छन् । प्रशस्त तरलता छ, ब्याजदर घटेको छ । सरकारले नियमित ठूलो आम्दानी हुनेलाई आयकर छुट दिएर खर्च र लगानी गर्न प्रोत्साहन हुने कर नीति लिएको छ । राजस्व विवादमा परेका हजारौँलाई एकै पटक ऐतिहासिक छुट सुविधामार्फत पुनः सुरुवातको मौका दिइएको छ ।
स्थिर सरकार छ । विज्ञ अर्थमन्त्री हुनुहुन्छ । विज्ञता र पारदर्शिता भएका इमानदार व्यक्तिहरू नियमनकारी निकायमा प्रमुख चयन भएका छन्, केहीमा हुने क्रममा छन् ।
नियमनकारी निकायबाट सेयर बजार सुधारका कदमहरू सञ्चालन गर्न योजनाबद्ध कामहरू अघि बढेका छन् । सेयर बजारमा नियमनकारी निकाय कब्जा गरेर हर्षद मेहता (१९९१,बम्बै) जस्तै वितण्डा मच्चाउनेहरू अनुसन्धानको फन्दामा परेका छन् ।
तर, तपाईंहरूलाई भनिएको छ- ‘यो ठीक चलिरहेको छैन ।’ हो, तपाईंहरूलाई विभिन्न तरिकाले यस्तै यस्तै सुनाइएको छ ।
सत्य त्यस्तो होइन, ठीकलाई बेठिक छ भन्ने भाष्य निर्माण गरेर गलत गरिरहेकाहरू असामान्य अवस्था सिर्जना गर्न अहिले लागिपरेका छन् ।
सरकार कम बोल्छ, काम धेरै गर्छ । यसैको फाइदा उठाउँदै उनीहरू परिस्थितिजन्य लाभका लागि भ्रामक प्रचारहरू फैलाइरहेका छन् ।
सरकारलाई थाहा नभएको विषयमा त्रास बेचेर मानिसहरूलाई आतङ्कित बनाउने प्रयास गरिरहेका छन् ।
नामै किटेर फलानो र ढिस्कानोलाई पक्राउ गरिँदै छ, फलानोमाथि अनुसन्धान गरिरहेको छ भन्ने जस्ता प्रायोजित हल्ला फैलाइएको सूचना पाएका छौँ ।
यो भनेको केही मानिसहरू ’आफ्नो टाउको फुटेपछि मितको टाउको बेलै सरी’ भनेझैँ लागिपरेको कुरा हो । सचेत रहनुहोस् । तपाईंहरू ढुक्क हुनुस्, सरकारले त्यसरी काम गरिरहेको छैन र होइन ।
बजारबारे आधिकारिक सरकारी सूचनाका स्रोत क्लब हाउस, ह्वाट्सएप ग्रुप, म्यासेन्जर ग्रुप वा टाई-सुट लगाएका झिल्के सङ्घका नेता र इमानदारी बेचेका मिडिया होइनन्। उनीहरू त तपाईंहरूलाई डर देखाएर आफ्नो लाभको काम गरिरहेका हुन सक्छन् ।
धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुपूर्व प्रशस्त अध्ययन गर्नुहोस्। अफवाहको पछि नलागी आधिकारिक सरकारी निकाय वा हामीलाई सोध्नुस् । नआत्तिनुहोस् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्