Skip to content
LAXMI SUNRISE BANK

नेपालमै पहिलो पटक ‘ट्रेडिङ कम्पिटिसन’ हुँदै, कसरी लिने भाग ?

अर्थ सरोकार

काठमाडौँ । नेपालमै ‘फर्स्ट ट्रेडिङ कम्पिटिसन’ हुने भएको छ । चुकुलको आयोजना र अर्थ सरोकारको सह-प्रायोजनमा सो कम्पिटिसन आयोजना हुन लागेको हो ।

सो ‘कम्पिटिसन’ साउन १ गतेदेखि सुरु हुने र साउन मसान्तसम्म (१ महिना) सञ्चालन हुने चुकुलका संस्थापक बिमोददेव पन्तले बताएका छन् । पन्तका अनुसार उक्त ‘कम्पिटिसन’को उद्देश्य ट्रेडरको ट्रेडिङ व्यवहार पत्ता लगाउनु हो ।

योसँगै ट्रेडरले ट्रेडिङ गर्दा पालना गर्नुपर्ने नियम पालना गर्छन् वा गदैनन् ? भन्ने विषय थाहा पाउनु र सेयर बजारमा ट्रेड गर्दा ‘ट्रेडिङ विहेवियर’ कन्ट्रोल गर्न सिकाउनु पनि ‘कम्पिटिसन’को उद्धेश्य रहेको पन्तको भनाई छ ।

कम्पिटिसनमा सहभागीहरुलाई पेपर ट्रेडिङका लागि २० लाख रुपैयाँ भर्चुअल क्यास दिइनेछ । सो रकममध्येबाट सहभागीहरुले एउटा कम्पनीमा अधिकतम ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ लगानी गर्न पाउनेछन् । कम्पिटिसनमा सहभागीहरुले ट्रेड गर्दा अनिवार्य रुपमा प्रोफिट टार्गेट र स्टप लस सेट गर्नुपर्नेछ भने जर्नल पनि अनिवार्य हाल्नुपर्नेछ ।

अर्कोतर्फ ‘टि प्लस टू’ अनुसार नै सेटलमेन्ट गर्नुपर्नेछ भने विगत ५ दिनदेखि निरन्तर जुन कम्पनीको कारोबार १ करोड भन्दा माथि भइरहेको छ, सोही कम्पनीमा मात्र ट्रेड गर्न पाइने पन्तले बताएका छन् ।

एक महिनासम्म सञ्चालन हुने उक्त कम्पिटिसनको अन्तिममा ट्रेडरको तरिका, नियम पालना गरे/नगरेको, प्रफिट वा लस र ट्रेडिङ व्यवहारका आधारमा विजेता घोषणा गरिनेछ । आयोजकका अनुसार कम्पिटिसनमा विजेता हुनेलाई चुकुलको ‘डाइमण्ड प्याकेज’ दिइनेछ । त्यस्तै, दोस्रो हुनेलाई चुकुलको ‘गोल्ड प्याकेज’ र तेस्रो हुनेलाई ‘बेसिक प्याकेज’ दिइनेछ ।

कम्पिटिसनमा चुकुलको वेबसाइटमार्फत सहभागी हुन सकिनेछ । कम्पिटिसन सकिएपछि सहभागीहरुको ट्रेडिङ व्यवहारमा भएका कमजोरी पत्ता लगाएर सुधारका लागि छुट्टै कक्षा सञ्चालन गरिने पनि आयोजकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK