Skip to content
LAXMI SUNRISE BANK

अबदेखि नेपालमा भारतीय २ र ५ सय रुपैयाँ चल्ने, २५ हजारसम्म ल्याउन, लैजान र सटही गर्न पाइने !

अर्थ सरोकार

काठमाडौँ । अब नेपालमा पनि भारतीय रुपैयाँ (भारु) २ सय र ५ सयका नोट चल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी नयाँ र स्पष्ट व्यवस्था सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । 

नयाँ व्यवस्था अनुसार सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएर चलनचल्तीमा रहेका २ सय र ५ सय भारतीय रुपैयाँ दरका नोट नेपालमा चल्ने भएका छन् । तर, सो भन्दा अगाडि निष्कासन भएका नोटहरु पनि प्रतिबन्ध नै रहनेछन् ।

त्यस्तै, नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म प्रचलित व्यवस्थाबमोजित ल्याउन, लैजान तथा सटही गर्न सक्ने पनि राष्ट्र बैंकले व्यवस्था गरेको छ । सो सीमा भन्दा बढी रकम भएमा अनिवार्य भन्सार घोषणा गरेर प्रमाणिकरण गराउनुपर्नेछ ।

राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य देशबाट नेपाल ल्याउन भने पूर्ण रुपमा निषेध गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK