Skip to content
LAXMI SUNRISE BANK

‘भेज खानामा हड्डी दिने’ जिम्बु थकालीले देशको नक्सै खायो, देशमै व्यापार गर्नेले देशकै अस्मिता पचायो !

अर्थ सरोकार

काठमाडौभेज खानामा हड्डी दिने जिम्बु थकालीले नेपालको राष्ट्रियतामाथि भद्दा मजाक गरेको छ । ‘प्रमोसनल भिडियो’ भन्दै पोष्ट गरेर ‘बुष्ट’ गरेको भिडियोमा नेपालको नक्सामा चुच्चो नै गायब गरेर थकालीले राष्ट्रियतामाथि भद्दा मजाक गरेको हो । 

‘जिम्बु थकाली बाई क्यापिटल ग्रिल, टंगाल’ ले फेसबुकमा पोष्ट गरेको ३७ सेकेन्डको उक्त भिडियोमा नेपालको नक्सा पनि देखाइएको छ । 

तर, नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चो भने गायब पारिएको छ । सरकारले नै चुच्चे नक्सालाई आधिकारिकता दिइरहँदा र लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो दाबी गरिरहँदा जिम्बु थकालीले नक्साको चुच्चो गायब गरेर बुच्चो नक्सा प्रयोग गरेपछि यसको चौतर्फी विरोध भएको छ ।

यसो त केही समयअघि भेज खानामा हड्डी दिएपछि जिम्बु थकाली विवादमा तानिएको थियो । त्यसअघि पनि ३५ रुपैयाँ पर्ने पानीलाई १०० रुपैयाँ लिएपछि थकालीले ३ लाख रुपैयाँ जरिवाना तिरेको थियो । 

यसरी पटक पटक गल्ती गरिरहने र नसुध्रिने जिम्बु थकालीले यसपाली भने नक्साको चुच्चो नै गायब गरेर देशको राष्ट्रियतामाथि भद्दा मजाक गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK