Skip to content
LAXMI SUNRISE BANK

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामै ७ हजार २ सयले बढेर दुई लाख ९० हजार ७ सय पुग्यो !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौं दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ हजार २ सय रुपैयाँले बढेर दुई लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १६५ रुपैयाँले बढेर प्रतितोला ४६१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४९ हजार २ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९५६.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK